काठमाडौं । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र तथा कोशी अस्पतालबीच सम्झौता भएको छ ।
मृगौला प्रत्यारोपणका सेवा सुचारु गर्नका लागि नेपाल सरकारको मातहातमा रहेको प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रदेशका विभिन्न अस्पतालमा डायलासिस् सेवा सुरु गर्ने तथा कोशी अस्पतालमा प्रत्यारोपण सेवा सुचारु गर्ने सहमति भएको हो ।
सम्झौतामा मृगौला प्रत्यारोपणका लागि चाहिने जनशक्ति, उपकरणहरुमा कोशी अस्पताललाई प्रत्यारोपण केन्द्रले सहयोग गर्नेछ । सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट मेसु डा.सिंहले हस्ताक्षर गरेका छन् ।