काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि ८ गतेसम्म सबै स्वास्थ्य सेवामा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
अस्पतालले ३० औं वार्षिक उत्सवको अवसरमा आज गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । अस्पतालले लेजर र हाइड्रा फेसियल, आइभिएफ,म्यामोग्राफी जस्ता स्वास्थ्य सेवामा एक महिनाका लागि ३० प्रतिशत छुट छुटको घोषणा समेत गरेको छ ।
अस्पतालले निकट भविष्यमा नै पत्रकार र उनका परिवारका लागि विशेष हेल्थ प्याकेज ल्याउने घोषणा पत्रकार सम्मेलनमार्फत् गरेको छ । वैशाख ४ गतेदेखि नै अस्पतालले देशमा विभिन्न भाग स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
नर्भिक अस्पतालको स्थापना सन् १९९६ मा भएको थियो । आइभिएफ तथा छाला रोगसम्बन्धी उपचार सेवा यस अस्पतालले भर्खरै सुरु गरेको हो । क्यान्सर रेडियसनबाहेकका सबै सेवा यहाँ उपलब्ध छन् ।