काठमाडौं । काठमाडौं उपत्यकामा १३ हजार ६२२ औषधि फार्मेसी मात्र नवीकरण भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै विं सं २०७९ सालमा १५ हजार ५६० औषधि पसल दर्ता भएकामा १३ हजार ६२२ औषधि पसल मात्रै दर्ता भएको महालेखापरीक्षकको हालै सार्वजनिक वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समयमा नै नवीकरण नहुने औषधि फार्मेसीहरु कार्वाहीमा पर्ने भएका छन् । हालसम्म औषधि व्यवस्था विभागमा भएका ३३ हजार ४७४ औषधि बिक्रेता र १८७ स्वदेशी उद्योग तथा २७० औषधि आयातकर्ता दर्ता भएका छन् ।