काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका एनपि साउदलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने भएका छन् । उनले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरी साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने भएका हुन्।
साउदलाई आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपश्चात प्रधानमन्त्री प्रचण्डले एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिन लागेका छन् ।
सत्ता गठबन्धन भित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । कांग्रेस र एकीकृत समाजवादीले थप मन्त्रि पाउनुपर्ने अडान राखेपछि नयाँ मन्त्रीको टुंगो गर्न सकस परेको थियो ।