काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा परेको छ । हावाको गुणस्तर मापक केन्द्रले आज प्रकाशन गरेको नतिजाले उक्त तथ्य सार्वजनिक गरेको हो ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले एक सय ९२ छ ।