काठमाडौं । पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ सय ४ नमुना परीक्षणमा ९९ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कोरोना संक्रमणबाट कुनै पनि मृत्यु भएको छैन ।
एक हजार २ सय ४० जनाको एन्टीजेन विधिबाट र ३६४ जनाको आरटीपीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।पछिल्लो २४ घण्टामा ५० जना कोरोनाका बिरामी निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ३७७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।