काठमाडौं । भारतको महाराष्ट्रमा एक कार्यक्रममा भेला हुने क्रममा 'लु' लागेर ११ जनाको मृत्यु भएको छ।
एक सांगीतिक कार्यक्रममा जम्मा भएका मानिसहरुमा 'लु'लागेका ११ जनाको मृत्यु भएको हो । अत्याधिक तापक्रम बढ्दा उनीहरुलाई 'लु'लागेको हो । यसरी 'लु' लागेका २४ जनालाई उपचार पश्चात् निको भएर घर पठाइएको छ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे कामोठेको एमजीएम अस्पतालम उपचारत मानिसहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि अस्पताल पुगेका थिए । उनले बिरामीहरुलाई सु- स्वास्थ्यको कामना सहित मृत्तकहरुमा समवेदना व्यक्त गरेका थिए।