काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौं प्रदुषित शहरको अग्र पंक्तिमा पर्नु चिन्ताजनक भएको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसद्लाई जानकारी गराउनुपर्ने बताएकी हुन् ।
काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे पनि सरकारले संसद्लाई जानकारी गराउनुपर्ने जिकिर गरिन् ।