काठमाडौं । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ । राष्ट्रपति पौडेललाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । पौडेलको थप उपचारका लागि बुधबार बिहान एयर एम्बुलेन्समार्फत भारत लाने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । हिजो (सोमबार) पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए।