काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि केहीबेर अघि श्री एयरलाइन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो।
नयाँ दिल्लीको एम्स हस्पिटलमा राष्ट्रपतिको उपचार हुने शीतल निवासले जनाएको छ। राष्ट्रपति पौडेललाई विदाई गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।