काठमाडौं । मनास्लु इन्टरनेशनल सर्भिसले नेपाली नर्सहरुलाई साउदीका अस्पतालमा काम गर्ने अवसर प्रदान गर्दै आइरहेको छ ।
हालसम्म ६ सय नर्सहरुलाई काम गर्नका लागि साउदी पठाउन सफल उक्त संस्थाले निशुल्क रुपमा नर्सहरु साउदी अरेबिया पठाउँदै आएको छ । त्यहाँ कार्यरत्त नर्सहरुले मासिक एक लाख २० हजारदेखी २ लाख रुपैंयासम्म कमाइ गर्न सफल भएका छन् ।
आगामी दिनमा पनि साउदीमा नर्सहरुको माग बढेको मनास्लु इन्टरनेशनल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठ बताउँछन् । उनका अनुसार साउदी बेस मल्टि –नेशनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुपले यो वर्ष दुई सय नेपाली नर्स माग गरेको हो । अस्पालले बढ्दो सेवा दिनका लागि नर्स माग गरेको हो ।
सन् २०१९ देखी नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालहरुमा कार्यरत्त छन् ।साउदी सरकारको मापदण्ड अनुसार त्यहाँ नर्सका रुपमा काम गर्न योग्य हुन नर्सहरुसँग एक वर्षको क्लिनिकल अनुभव हुनु अनिवार्य छ ।
कार्यरत्त नर्सहरुलाई अस्पतालले एक वर्षको ओपन डाउन टिकट, पूर्ण रुपमा आवास, शतप्रतिशत बिमा समेत उपलब्ध गराउने छ । त्यस्तै नर्सहरुको भिसा लागत,सरकारी शुल्कm ज्वानिङ टिकट र अन्य खर्चसमेत अस्पतालले बेहोर्ने छ ।