काठमाडौं । सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ल्याब तथा एक्सरे सेवा पूर्णकालीन रुपमा सुरुवात भएको छ।
पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पतालको रुपमा रहेको उक्त अस्पतालमा अब चौबिसै घण्टा ल्याब सेवा सञ्चालन हुनेछ ।
एक्सरे सवा पूर्णरुपमा संचालन हुँदा आम नागरिकलाई सहज हुने अस्पताल प्रशासनको विश्वास छ ।