काठमाडौं । प्रतिनिधी सभा सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसदहरुले राजधानी काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताए ।
राजधानी वरपरका वनमा डढेलो र काठमाडौं उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो । सांसद असिम शाहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए ।
गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताइन् ।