काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको फोहोर रोक्ने चेतावनी दिएका छन् ।
हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा आफूले राखेको माग पूरा नभएको भन्दै जनप्रतिनिधिले १५ दिने अल्टिमेटम दिएका हुन् ।
बुधबार ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरूको बैठक बसी विभिन्न ६ बुँदे माग राखेका छन् । ती माग पूरा नभए फोहोर रोक्ने चेतावनी उनीहरूले दिएका छन् ।