काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर र एन्टीजेन विधिबाट गरिएको १ हजार ६४५ नमुना परीक्षणका क्रममा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ।