काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनका सबै बालबालिकालाई खोप दिने भएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले एक पत्रकार सम्मेलन गर्दै निमित खोप लगाउन छुटेका बाल बालिकालाई आगामी वैशाख १५ र ३१ गते खोप दिने बताएको हो ।
नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकाहरुलाई छुटेको नियमित खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
साथै यदि छिमेकमा कोही बालबालिका खोप लगाउन छुटेका भएमा खोप लगाउन समन्वय गरिदिनका लागि पनि सरकारले अनुरोध गरेको छ ।