काठमाडौं । नेपालमा पहिलो पटक एक दिने राष्ट्रिय नर्सिङ सम्मेलन काठमाडौंमा सम्पन भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् तथा नर्सिङ क्लबको संयुक्त आयोजनामा उक्त सम्मेलन सम्पन्न भएको हो।
‘नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास’ भन्ने मूल नारा सहित उक्त सम्मेलन गरिएको हो । सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुती भएको थियो ।
नर्सिङ पेशामा आवद्ध भएकाहरुलाई आत्मबल बढाउन र स्वदेशमै रहेर पेशालाई निरन्तर रुपमा अघि बढ्न प्रेरणा होस् भन्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको आयोजक पक्षको दाबी छ ।