एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बताएका छन्।
'गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए। उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए', एक अधिकारीले भने, “विरामीको अवस्था र रिपोर्टिङ् सुन्दा मुख्यतया खानामा मिसावट भएको हुन सक्ने देखिन्छ।'
शहिद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटलका मेडिसिन विभागका प्रमुख युके ओझाका अनुसार एक बच्चाको अवस्था गम्भीर रहेको अवस्थामा ८० जनालाई भर्ना गरिएको छ।