काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले सामाजिक रुपमा देशभरि जोडिदैं लायन्स क्लब मार्फत बर्दिबासको वडा न २ मा अबस्थित बर्दिबास अस्पताल डेन्टल विभागलाई आवश्यक डेण्टल सामाग्री सहयोग गरेको छ ।
लाएंस क्लब अफ काठमाडौं बर्दिबास,तथा लाएंस क्लब अफ इन्द्र अन्नपूर्ण योगा मार्फत् ओम समाज डेन्टल हस्पिटलले डेण्टल हस्पिटलले बर्दिबास अस्पताल डेन्टल विभागलाई आवश्यक पर्ने विभिन्न सामाग्री सहयोग गरेको हो ।
बर्दिबास सरकारी अस्पतालका अध्यक्ष जय नारायण शर्मा,बर्दिबास नगरपालिका अध्यक्ष प्रलाद छेत्री ,ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष एवंम् वरिष्ठ दन्त चिकित्सक डा.सुभाष घिमिरे, लाएंस क्लब अफ काठमाडौं बर्दिबासका अध्यक्ष उमेश कुमार महतो लगाएत अन्य वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न विशेष कार्यक्रम बीच डा.घिमिरेले आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।
जसको दाँत सबल उसको जीवन सफल भन्ने मुख्य नारा लिएर सबैको पहुँचमा दन्त उपचार सहज सुलभ बनाउने उदेश्यका साथ् सबैको लागि दन्त उपचार सजिलो बनाउन बन्द अवस्थामा रहेको बर्दिबास सरकारी अस्पतालको दन्त विभागको लागि सहयोग गरिएको डा.घिमिरेले जानकारी दिए ।
ओम समाज डेन्टल हस्पिटलले चन्द्रागिरी नगरपालिका को वडा न १४ मा नि:शुल्क क्लिनिकदेखि कोभिडको समयमा घर-घरमा गएर नि:शुल्क उपचार देखि नि:शुल्क एम्बुलेन्स संचालन मा ल्याएको ओम समाज डेन्टल हस्पिटलले यस्ता खालका थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।