काठमाडौं । सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले अदालतमा विचारधीन अवस्थामा रहेको मुद्दाका विषयमा आन्दोलन गर्नु अशोभनीय भएको बताएको छ ।
आइतबार चिकित्सा शिक्षा आयोगको गाडीमा गरिएको तोडफोडको विषयमा आफ्नो धारणा राख्दै आयोगले यस्तो बताएको हो ।
चिकित्सा शिक्षा आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीको म्याचिङ र भर्ना कार्यक्रमको क्रममा सर्वोच्च अदालतमा सो विषयमा मुद्दा विचारधीन अवस्थामा छ यस्तो अवस्थामा आन्दोलन गर्नु अशोभनीय छ, आयोगले बताएको छ ।
आयोगका प्रवक्ता डा भोजराज शर्मा काफ्लेद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ-'अदालतमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा भ्रामक, कपोकल्पित तथा तथ्यहीन विषयवस्तुहरु सार्वजनिक भएको र आयोगको कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षाकर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको विषयले आयोगको गम्भिर ध्यानाकार्षण भएको छ ।'