काठमाडौं। रसबरी बनाउनका लागि सबैभन्दा पहिले आधा लिटर दूधलाई राम्रोसँग उमाल्नुपर्ने हुन्छ । भेनेगर अथवा कागतीको रस राखेपछि त्यसलाई राम्रोसँग चलाउनुपर्ने हुन्छ । दूध राम्रोसँग फाटिसकेपछि एउटा भाँडोमा कटन कपडामा राखेर फाटेको दूधलाई खन्याउने । भाँडोमा रहेको तातो फँया्क्ने । छानेको फाटेको दूधलाई चिसो पानीले पखाल्ने र निचार्ने ।
त्यसलाई आधा घन्टासम्म झुन्ड्याएर राख्नुपर्ने हुन्छ । यस्तो गरेको अवस्थामा यसभित्र रहेको पानीहरु निस्किन्छन् ।
रसबरीका लागि फट्याएर डल्लो बनाइएको दूधलाई राम्रोसँग डल्लो बनाउनुपर्छ । त्यसलाई नरम हुने गरी राम्रोसँग मुछेपछि रसबरीको बल बनाउनुपर्ने हुन्छ ।
अब रसबरीको लागि चाहिने चास्नी बनाउन आवश्यक छ । चास्नी बनाउनका लागि भाँडोमा एक कप चिनी राख्ने । त्यसपछि त्यसमा पानी राख्ने । त्यसमा फोडेको सुकुमेल पनि राख्न सकिन्छ । त्यसलाई राम्रोसँग घोलेर उमाल्नुपर्ने हुन्छ ।
अगि बनाइएको डल्लोलाई चास्नीमा राख्ने । त्यसलाई १० मिनटसम्म छोपेर पकाउने । यसरी पकाउँदा रसबरी फुलेर डबल आकारको बन्छ । यसरी बनेको रसबरी लगभग तयारी भइसकेको हुन्छ । यसरी तयार भएको रसबरीलाई फ्रिजमा राखेर चिसो खाँदा मीठो हुन्छ ।