काठमाडौं । ललिपुरको ग्वार्काेस्थित क्रिष्ट मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ।
किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आईरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो। नेपालमा प्राईभेट अस्पतालहरुमध्ये मिर्गौला र कलेजो दुवै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने किष्ट एक मात्र अस्पताल हो।
कलेजो प्रत्यारोपण कार्यमा अस्पतालले मल्टिडिस्क्लीपनरी एप्रोच अन्तर्गत नेपाल तथा भारतका वरिष्ठ ट्रान्सल्पान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसीयोलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट, ब्लडबैक, अपरेशन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरु गरि ४० जना परिचालित थिए।
कलेजोको सफल शल्यकृया सम्पन्न गर्न भारत स्थीत ईन्दप्रस्थ अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुण कुमार भेनुथुरिमिल्लि र डा.सञ्जिव अनेजाको सहभागी रहेको थियो। प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्राडा.मुकुन्द राज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा.वरुण श्रेष्ठ लगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोलोजी विभागका सदस्यहरुको सहभागिता रहेको थियो। प्रत्यारोपण शल्यकृया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो।