काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनका लागि प्रतिनिधि सभाका सांसदहरुले माग गरेका छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको शुन्यको समयमा बोल्दै सांसद बिमला राईले राष्ट्रपति करिब १० दिनदेखि भारतमा उपचार गराइराखेको र बिरामी भएको आफूले सुनेको, तर आधिकारिक जानकारी नपाएको बताइन्।
सांसद राईले वीर अस्पतालमा भीभीआईपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको तर भीभीआईपीहरु धेरैजसो बाहिरै गएर उपचार गरिरहेको तथ्य स्मरण गराईन् ।
राष्ट्रपति पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स ९एम्स० मा भर्ना भई उपचाररत भइरहेको छ । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।