काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले अन्र्तराष्ट्रिय संस्था स्माईल ट्रेनको साझेदारी जन्मजात रुपमा तालु तथा ओठ काटिएका बालबालिकाहरुको निशुल्करुपमा शल्यक्रिया गरिरहेको छ।
त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जरी तथा वर्न विभागका प्रमुख डा जयनमान श्रेष्ठका अनुसार अस्पतालमा प्लास्टिक सर्जरी विभाग सुरु भएयता नै ओठ तथा तालु काटिएको बालबालिकाहरुको शल्यक्रिया हुँदैं आएको छ।
करिब २० वर्ष अगाडिदेखी अस्पतालले स्माईल ट्रेनको सहयोगमा निःशुल्क शल्यक्रिया गराउन लागेको हो।