काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पछिल्लो २४ घन्टामा १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६० संक्रमित निको भएका छन् ।
पीसीआर र एन्टीजेन विधिबाट गरिएको २ हजार ५१७ नमुना परीक्षणका क्रममा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ७८ पुगेको छ।