काठमाडौं। सबैको पहुचमा दन्त उपचार सहज सुलभ बनाउदै ओम समाज डेन्टल हस्पिटलले निशुल्क शिबिर तथा खाद्यान्न वितरण कार्य सम्पन्न गरेको छ ।
बिबेक स्वच्छ सेवा केन्द्र बबरमहलमा आश्रित बालबालिकालाइ लक्षित गर्दै सो शिबिर गरिएको हो ।
उक्त सेवा केन्द्रको बालबालिका लाई मुख स्वास्थ को बारेमा जानकारी, उपचार, ब्रस कसरि गर्ने लगाएत आवश्यक खाद्यान्न समेत वितरण गरिएको थियो ।
यस अघि पनि यस्ता थुप्रै सामाजिक कार्य यस हस्पिटल द्वारा हुदै आएको छ ।


