काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा विभिन्न पदहरुमा कर्मचारी माग गरिएको छ । अस्पतालले शुक्रबार एक सुचना जारी गर्दै विभिन्न तहमा कर्मचारीको माग गरिएको जनाएको हो ।
जसमा प्राज्ञिक, प्रािवधिक तथा प्रशासन सेवा तर्फ गरी ४७ जना कर्मचारीहरुको माग गरिएको हो । जसमा नर्सिङ अन्तर्गत सहायक प्राध्यापक, प्राध्यापक,नर्सिङ सुपरभाइजर , नर्सिङ अधिकृत तथा स्टाफ नर्सको माग गरिएको छ ।
विस्तृत जानकारीका लागि https://www.pahs.edu.np/wp-content/uploads/2023/04/PAHS-Notice_Open.pdf?fbclid=IwAR0YHThx_KKTAX9096pth2N97fXtdwX5oAwvDlm31ApPUcn-ejJGmKwyfE4 वेभसाइट हेर्न सकिनेछ ।