काठमाडौं । वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना बिरामीका कुरुवा घाइते भएका छन् ।
तीन जना महिला र एक जना पुरुष सामान्य घाइते भएका हुन्।
लगातारको वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा कुरुवा सामान्य घाइते भएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए।
एक जना कुरुवाको टाउकोमा चोट लागेका कारण सिटि स्क्यान गर्न लागेको उनले जानकारी दिए। उनका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।