काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पछिल्लो २४ घन्टामा कोरोना बाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ५५ संक्रमित निको भएका छन् ।
पीसीआर र एन्टीजेन विधिबाट गरिएको १ हजार ४७३ नमुना परीक्षणका क्रममा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय २८ पुगेको छ।