काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।
अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको हो ।
निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए । उनका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता थिएन । धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको थियो । त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो ।