काठमाडौं । उपनिर्वाचनमा बारा २ बाट विजयी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज (मंगलबार) प्रतिनिधि सभा सदस्यको शपथ लिने भएका छन्।
पूर्व-स्वास्थ्यमन्त्री यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन्। यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
वैशाख १० गते भएको उपनिर्वाचनबाटै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार नै प्रतिनिधि सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए। शुक्रबार काठमाडौं बाहिर रहेका कारण यादव शपथ लिन छुटेका थिए।