काठमाडौं । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले विगत आठ वर्षमा करिब चार हजार बिरामीको मस्तिष्क र मेरुदण्डको सफल शल्यक्रिया गरेको छ ।
नोबेलले २०७३ सालमा न्यूरो सर्जरी सेवा सुरु गरेपछि ३० हजार बिरामीको उपचार र करिब चार हजार बिरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरेको हो।
नोबेलको न्यूरो सर्जरी विभागका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी बिभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार बिरामीको उपचार र करिब ४ हजार बिरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए।