काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको एम्समा उपचारका क्रममा लागेको खर्च आफैंले व्यहोर्ने भएका छन्।
राष्ट्रपतिको स्वकीय सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै भारतमा उपचारका लागि लागेको खर्च राष्ट्रपति स्वयंम्ले व्यहोर्ने बताएको हो।
छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराउँदा निको नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको थियो।
लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार थप उपचारका लागि उनलाई भारत लगिएको हो।
