काठमाडौं । वीर अस्पतालमा कार्यरत्त नर्स अनुमा श्रेष्ठ आत्महत्या प्रकरण आरोपित डाक्टर सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
नर्स श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएपछि डा.श्रेष्ठलाई पक्राउ गरिएको हो ।
लामो समय प्रेम सम्बन्धमा रहेको र विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले प्रेमी भनिएका सुजन ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गराएका थिए । डा.ढकालका बाबु भने फरार छन् ।