काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बस्नेतलाई बुधबार स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार नै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिलामा धनराज गुरुङ र युवा तथा खेलकुदमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रीमा नियुक्त, बस्नेत गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।