काठमाडौं । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ। रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो।
सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन्। उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाौं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताए।
साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताइन्। हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताए।