काठमाडौं । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। शपथग्रहण लगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हालेका हुन्।
मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए।