काठमाडौं ।नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आफु बिदा को दिन पनि मन्त्रालय को काम गर्न तयार रहेको बताएका छन ।
आज बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री का रूपमा पद भार ग्रहण गर्दै उनले यस्तो बताएका हुन । जनताको सेवा गर्न पबित्र उदेश्य का साथ काम गर्नलाइ आफुलाइ कतै बाट पनि बाधा नहुने उनको दाबी थियो ।
२२ बर्ष अगाडी को कर्मचारी संयन्त्रले आजको स्वास्थ्य मन्त्रालय चलिरहनु मनन योग्य भएको धारणा राख्दै उनले राम्रोसँग नेतृत्व गर्न सकेको अवस्थामा थोरै कर्मचारीबाट पनि कामको उच्च प्रतिफल लिन सकिने बिश्वास उनले व्यक्त गरे ।
२२ बर्ष अघि स्वास्थ्य राज्यमन्त्री को रूपमा काम गरेको अनुभब म संग छ भएकै स्रोत साधन लाइ उच्चतम प्रयोग गरि काम गर्ने योजना बनाउछु मन्त्री बस्नेतले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलय निति अनुगमन तथा योजना महासाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलले स्वास्थ्य मा दिगो लगानीको आवश्यकता रहेको धारणा राखे । उनका अनुसार हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको पुर्वाधारले महामारि धान्न सक्ने अवस्था छैन । यधपी नेपाल्को स्वास्थ्य क्षेत्रले केहि प्रगति हासिल गरेको उनको दाबी थियो । नेपालमा स्वास्थ्य संस्थामा हुने डेलि भरि ८० प्रतिशत पुग्नु स्वास्थ्य क्षेत्रको एक महत्त्वपूर्ण उपलब्धी भएको धारणा डा पौडेल को थियो ।
लामो समय स्वास्थ्य मन्त्रालय मन्त्री बिहिन हुदा धेरै काम अडकिएको बताउदै स्वास्थ्य सचिव रोशन पोखरेल ले ति काम हरु छिट्टै गतिलिने बताए । स्वास्थ्य मन्त्रालय को अनुभव भएकाले परिणाममुखि काम हुनेमा उनले बिश्वास व्यक्त गरे ।