काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उपयोगविहीन अवस्थामा रहेका विभिन्न स्वास्थ्य उपकरणहरुको ७ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएका छन् ।
उनले मन्त्रालय मातहतमा कार्यरत्त कर्मचारी तथा सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मन्त्री बस्नेतले पदभार ग्रहण गर्दै स्वास्थ्य उपकरण कस्तो अवस्थामा रहेका छन्, त्यसको जानकारी सात दिनभित्र पेश गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।