काठमाडौं । पछिल्लो समय सुर्खेतस्थित प्रदेश अस्पतालमा थेग्नै नसक्ने अवस्थामा बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको हो।
अस्पताल प्रशासनका अनुसार दैनिक १ हजार भन्दा बढी बिरामी आउने गरेका छन् । इमर्जेन्सीबाहेक अन्य बिरामीले अप्रेशनका लागि लामो समयसम्म अस्पतालमा पालो कुर्नुपर्ने अवस्थामा अस्पताल चलिरहेको छ ।
यद्यपि अस्पातलमा कार्यरत्त साढे ४ सय कर्मचारीमा झन्डै ८० प्रतिशत करारका कर्मचारी करारतर्फका रहेका छन् ।