बागलुङ । गलकोट नगर अस्पतालमा बिहीबारदेखि अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ।
गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
स्थानीय नागरिकलाई अत्याधुनिक सुविधासहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसिन खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए।