काठमाडौं । अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिए।
उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको हो। भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन्।