काठमाडौं । नेपाल स्वास्थ्यकर्मी युनियनको चौथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उज्वल कुमार शर्मा निर्वाचित भएका छन् ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डिल्ली शेर केसी, जर्वन कुमार यादव र रञ्जिता सिंहलाई चयन गरेको छ। महासचिवमा अरुण कुमार गिरी चयन भएका छन्।
केन्द्रीय उपाध्यक्ष कोशी प्रदेशमा मो. फिरोज अलि राइन, केन्द्रीय उपाध्यक्ष मधेश प्रदेशमा रामबाबु ठाकुर, बागमती प्रदेशको उपाध्यक्षमा दिल कुमार दुवाल, गण्डकी प्रदेशमा सिताराम कार्की, लुम्बिनी प्रदेशको उपाध्यक्षमा नारायण प्रसाद अर्याल, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा उत्तम प्रसाद उपाध्याय चयन भएका छन्।