काठमाडौं । अमेरिकामा कोरोना महामारी पश्चात् १ लाख नर्सले नर्सिङ पेशा छोडेपछि नर्स अभाव हुने देखिएको छ।
अमेरिकी नर्सिङ संघका अनुसार संघमा ५० हजार नर्स आवद्ध छन् ।सन् २०२३ मा एएमएन हेल्थ केयरले नर्सिङ पेशामा आधारित सर्भेक्षण गरेको थियो । १८ हजार नर्समा गरिएको सर्भेक्षणले पेशाप्रति वितृष्णा बढेको देखाएको छ।
बढ्दो धपेडी र तनावका कारण धेरैले यो पेशा नै त्याग्ने सोच बनाएको विभिन्न सर्वेक्षणहरुले देखाएको छ। सर्वेक्षणका अनुसार पेशाबाट निवृत्त अवस्थामा पुगेका ७८ प्रतिशत नर्स सन्तुष्ट रहँदा भर्खरै सेवा प्रवेश गरेका ६३ प्रतिशतले असन्तुष्टी व्यक्त गरेका छन् भने करिअरको मध्यमा रहेका ६२ प्रतिशतले पनि वितृष्णा पोखेका छन्।