काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र विभिन्न विभागहरुमा आकस्मिक अनुगमन गरेका छन् । सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुगेका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गरेका हुन् ।
सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ । समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए ।
मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित बिभिन्न बिभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए। विभिन्न विभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस विषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए।