काठमाडौं । नेपालको सातै प्रदेशमा लम्पी रोगको संक्रमण बढ्ता नेपालमा दूध उत्पादनमा कमी आएको छ । यस रोगको संक्रमणपश्चात् पशुहरुको दूध दिने क्षमतामा ७० प्रतिशतले कमी आउने गर्छ ।
यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने जस्ता लक्षणहरु देखा पर्ने गर्छन् ।
यस रोगबाट हुने मृत्युदर भने कमै अर्थात् १० प्रतिशत छ ।