काठमाडौं। नेपाल नेत्रज्योति संघ मुगुको सभापतिमा तिलकबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । संघको आज सम्पन्न जिल्ला अधिबेशनबाट समाजसेवी मल्ल निर्विरोध निर्वाचित भएका हुन् ।
आज जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचन बाट मल्लको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित भएका छ्न् ।
नव निर्वाचित सभापति तिलकबहादुर मल्लका अनुसार कार्य समितिमा उपसभापतिमा लोकजङ्ग मल्ल, सचिव नरेन्द्रबहादुर रावल, सहसचिव सितलाकुमारी बुढा मल्ल, कोषाध्यक्ष भिम तिरुवा, सहकोषध्यक्ष राकेश रोकाया निर्विरोध निर्वाचित भएका छन् ।