काठमाडौं । स्वास्थ्य सेवा ऐन विपरीत आयुर्वेद चिकित्सकलाई जनस्वास्थ्यको प्रशासन तर्फ गरिएको बढुवा लोक सेवा आयोगले बदर गरेको छ ।
मधेस प्रदेश लोक सेवाले गरेको उक्त बढुवामा जनस्वास्थ्य संघको पटक पटकको उजुरीपश्चात् त्यसलाई स्थगित गरिएको हो ।
लोक सेवाको बढुवा समितिले आयुर्वेद चिकित्सक डा सचित कुमार शर्मालाई जनस्वास्थ्य प्रशासकको पदमा बढुवा सिफारिसर गरेको थियो।
त्यसपछि नेफाले त्यसको विरोध गरेको थियो। नेफाको विरोधपछि लोकसेवाले गत फागुन ४ गते गरेको बढुवा निर्णय बदर गर्ने निर्णय गरेको हो।
