काठमाडौं । विराटनगरको कोशी अस्पतालमा शरीर जन्मिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीकी भगत चौधरी नामकी ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् ।
छात्तीदेखि पेटसम्मको भाग जोडिएका दुवै सन्तान छोरी हुन् । उनीहरुको तौल जन्मिँदा ३.४ किलोग्राम थियो।
स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । टाउको, मुख, आँखा, नाक, कान, हात र खुट्टालगायतका बाहिरी अंगहरू जोडिएका छैनन् ।