काठमाडौं । सप्तरीको महादेवा गाउँपालिकामा विष सेवनबाट एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पवन कुमार यादवको छोरी प्रिति कुमारी यादव रहेकी छन्। धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बालिका तिरहुत गाउँपालिका ४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।